स्पेनको महिला टिमको प्रशिक्षकमा बर्मुडेज

  • Image नेप्लेज
  • २६ श्रावण २०८२, सोमवार
  • 346 पटक हेरिएको
स्पेनको महिला टिमको प्रशिक्षकमा बर्मुडेज

एजेन्सी । स्पेनिस महिला फुटबलको मुख्य प्रशिक्षकमा सोनिया बर्मुडेजलाई नियुक्त भएकी छिन् । वर्तमान मुख्य प्रशिक्षक मोन्टसे टोमेको सम्झौता ३१ अगष्टमा सकिएपछि नविकरण नगर्ने निर्णय स्पेनिस फुटबल महासंघले गर्दै उनको ठाउँमा बर्मुडेजलाई नियुक्त गरेको हो । 

टोमेले सन् २०२३ को सेप्टेम्बरमा स्पेनको पहिलो महिला मुख्य प्रशिक्षक बनेकी थिइन् । त्यसअघि उनी सहायक प्रशिक्षक थिइन् । स्पेनिस महिला टिम विवादमा परेका बेला उनले उक्त जिम्मेवारी सम्हालेकी थिइन् ।

तत्कालिन अवस्थामा लुइस रुबियालेसको विवादका कारण प्रशिक्षक जोर्ज भिल्डालाई बर्खास्त गरिएपछि सहायक प्रशिक्षकको भूमिकाबाट मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न पुगिन् । टोमेले २०२४ मा पहिलो महिला नेसन्स लिगको उपाधि दिलाइन् ।  तर युरो २०२५ मा इंग्ल्याण्डसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै स्पेन उपविजेता बनेपछि उनको सम्झौता नविकरण नगर्ने निर्णयमा स्पेनिस फुटबल महासंघ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नयाँ प्रशिक्षक बर्मुडेज खेलाडी जीवनमा रायो भालेकानो, बार्सिलोना, एट्लेटिको मड्रिड र लेभान्टेमा खेल्दै नौ लिग उपाधि जितेकी थिइन् । उनले स्पेनका लागि ६१ खेल खेलिन् र यू २३ टोलीको मुख्य प्रशिक्षकको रूपमा काम गरेकी थिइन् । बर्मुडेजले सन् २०१५ को विश्वकपमा स्पेनको कप्तानी गरेकी थिइन् । त्यतिबेला टिमले समूह चरण पार गरेको थिएन ।