काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्यटिङमा उत्रिएको विराटनगरले सुदूरपश्चिमविरुद्ध पाँच ओभरमा दुई विकेट १०५ गुमाएर रन बनाएको हो ।
विराटनगरका सेहन जयसुर्याले ३९ रनको योगदान गरे । उनले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । आन्द्रे रसेलले २९, लोकेश बमले २५ रन बनाए ।
सुदूरपश्चिमका अभिनाश बोहराले दुवै विकेट लिए । उनले दुई ओभरमा २८ रन खर्चिए । उनले पहिलो विकेटमा जसुर्यालाई एलबीडब्ल्यूको सिकार बनाए । २.३ ओभरमा अम्पायरले उक्त बलमा नटआउटको संकेत गरेका थिए । तर, सुदूरपश्चिमले डीआरएसको अपिल गर्दा उक्त निर्णय उल्ट्याउँदै टीभी अम्पायरले एलबीडब्ल्यूको संकेत गरेका हुन् । दोस्रो बलमा उनले लोकेशलाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच गराएका थिए ।