एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

  • Image नेप्लेज
  • १५ कार्तिक २०८३, आइतवार
  • 75 पटक हेरिएको
एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ ।

टियु क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।

जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले एक जित र एक हार बेहोरेको छ भने पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेल हारेको छ । जनकपुरले पहिलो खेल कर्णाली याक्ससँग १९ रनले हारेको थियो भने दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यस्तै पोखरा एभेन्जर्सले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ