टस गर्न सुदूरपश्चिमको आनाकानी, सुरु हुन सकेन खेल

  • Image नेप्लेज
  • १४ कार्तिक २०८३, शनिवार
  • 148 पटक हेरिएको
टस गर्न सुदूरपश्चिमको आनाकानी, सुरु हुन सकेन खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुन सकेको छैन।

वर्षाका कारण प्रभावित खेल ५–५ ओभरमा खेलाउने तयारीसहित सुरुमा साँझ ७:२५ बजे टस गर्ने समय तय गरिएको थियो। तर, टस हुन नसकेपछि पुनः ७:३५ बजेका लागि समय निर्धारण गरियो।

दोस्रो पटक निर्धारित समयमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने टसका लागि पिचमा पुगे पनि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी भने उपस्थित भएनन्। यससँगै खेल सञ्चालनबारे अन्योल थपिएको छ।