एनपीएल : क्रिकेट मैदान जलमग्न भएपछि आजको पहिलो खेल रद्द

  • Image नेप्लेज
  • १४ कार्तिक २०८३, शनिवार
  • 58 पटक हेरिएको
एनपीएल : क्रिकेट मैदान जलमग्न भएपछि आजको पहिलो खेल रद्द

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित गरिएको छ ।

लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए । उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ ।

खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक-एक अङ्क बाँडेका छन् ।

क्यानका अनुसार आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स खेल्ने तालिका छ । उक्त खेल अपरान्ह ५ः०० बजेदेखि सुरु हुने पूर्वनिर्धारित तालिका रहेको उक्त खेल पनि वर्षाले प्रभावित हुने सम्भावना छ ।

 


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ