इंग्ल्यान्ड लगातार दाेस्राेपटक युराे च्याम्पियन

  • Image नेप्लेज
  • १२ श्रावण २०८२, सोमवार
  • 427 पटक हेरिएको
इंग्ल्यान्ड लगातार दाेस्राेपटक युराे च्याम्पियन

काठमाडौँ। साविक विजेता इंग्ल्यान्ड महिला राष्ट्रिय फुटबल टोलीले स्पेनलाई हराउँदै लगातार दाेस्राेपटक युरोको उपाधि जितेको छ।

इंग्ल्यान्डले यसअघि २०२२ काे पनि उपाधि जितेकाे थियाे। उक्त समय इंग्ल्यान्डले जर्मनीलाई २–१ हराउँदै पहिलाेपटक उपाधि जितेकाे थियाे।

स्विजरल्याण्डको बासेलस्थित सेन्ट ज्याकोब–पार्कमा आइतबार राति सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गरेको हो।

निर्धारित समय १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएकाे थियाे। उक्त ३० मिनेटमा पनि कुनै गाेल नभएपछि खेलको नतिजा पेनाल्टीबाट लिएको हो। जसमा इंग्ल्यान्डले बाँजी मार्याे।

पेनाल्टीमा इंग्ल्यान्डकी बेथ मीड र लेह विलियमसन चुक्दा एलेक्स ग्रीनवुड, नियाम चार्ल्स र क्लो केलीले गाेल गरिन्। यता स्पेनका लागि प्याट्री गुइजारोले गाेल गर्दा अन्य तीन खेलाडीले गाेल गर्न सकेनन्।

त्यसअघि कुनै समय इंग्ल्यान्ड खेलमा १–० गाेलले पछि परेकाे अबस्थामा खेल १–१ काे बराबरीमा पुर्याउँदै अतिरिक्त समयमा थकेलेकाे थियाे। खेलकाे २५औँ मारियोना क्याल्डेन्टेकाे गाेलमा सुरुआती अग्रता बनाएकाे स्पेनले पहिलाे हाफमा मात्रै जाेगउन सक्याे। 

इंग्ल्यान्डकी एलेसिया रुसो ५७औँ मिनेटमा गाेल गर्दै खेल १-१ काे बराबरीमा ल्याएकी थिइन्।