काठमाडौं। नेपालले भारतको ओडिशास्थित भुवनेश्वरमा आयोजना हुने एशिया रग्बी एमिरेट्स यू–२० सेभेन्स प्रतियोगिता २०२६ मा महिला र पुरुष दुवै विधामा सहभागिता जनाउने भएको छ।
शनिबार र आइतबार (नोभेम्बर १४ र १५) कलिङ्गा रङ्गशालामा आयोजना हुने प्रतियोगितामा नेपालका यू–२० महिला तथा पुरुष राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन्।
पुरुष टोलीको समूहमा पाँच राष्ट्र
प्रतियोगिताको पुरुषतर्फ नेपालले चाइनिज ताइपेई, उज्बेकिस्तान, भारत र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। पुरुष टोलीको कप्तानी मनोज ताम्राकारले गर्नेछन् भने निरोज कार्की मुख्य प्रशिक्षकका रूपमा रहनेछन्।
महिला टोलीले भारत, श्रीलंका र सिंगापुरसँग खेल्ने
महिलातर्फ नेपालले भारत, श्रीलंका र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। महिला टोलीको कप्तानी मनिषा घिसिङले गर्नेछिन्।
महिला टोलीको मुख्य प्रशिक्षकमा श्रीराम श्रेष्ठ रहेका छन्। त्यस्तै, रञ्जित साह व्यवस्थापक र देवन थापा फिजियोका रूपमा टोलीसँग रहनेछन्।
एसियाली स्तरको यस प्रतियोगिता नेपाली युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने अवसर हुनेछ। महिला र पुरुष दुवै टोलीको सहभागिताले नेपाली रग्बीको विकास तथा युवा खेलाडीको क्षमता अभिवृद्धिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपालले दुवै विधामा प्रतिस्पर्धा गर्दै एसियाली मञ्चमा आफ्नो प्रदर्शन देखाउनेछ।