काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ८९ रनको सामान्य लक्ष्य दिएकाे छ ।
शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ क्षतिमा ८८ रनको सामान्य योगफल तयार पारेको हो ।
जनकपुर बोल्ट्सका लागि कप्तान हर्मित सिंहले सर्वाधिक २५ रनको योगदान दिए । २५ बल खेलेका हर्मितले २ चौका र १ छक्का प्रहार गरे । विशाल सुस्लिङले १५ र सन्तोष कार्कीले १० रन जोडे । १३ बल खेलेका विशालले १ चौका र १ छक्का प्रहार गरे । ११ बल खेलेका सन्तोषले १ छक्का प्रहार गरे । राहुल यादव १० र ललित राजवंशी २ रनमा अविजित रहे । राहुलले १० बलमा १ छक्का प्रहार गरे ।
चितवन राइनोजका लागि रञ्जित कुमारले ३ तथा कप्तान सिकन्दर राजा र कमिल मिसाराले समान २-२ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो ।