काठमाडाैं गोर्खाजले लुम्बिनीलाई दियाे १६१ रनकाे लक्ष्य

  • Image नेप्लेज
  • २१ कार्तिक २०८३, शनिवार
  • 52 पटक हेरिएको
काठमाडाैं गोर्खाजले लुम्बिनीलाई दियाे १६१ रनकाे लक्ष्य

काठमाडौं । एनपीएलको आजको खेलमा काठमाडाैं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल भइरहेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले विकेटको ८ क्षतिमा १६० रन बनाएको छ । काठमाडाैंका लागि डेविड वार्नरले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ६६ रन बनाए । वार्नरले युवा ब्याटर साहिल पटेलसँग १०४ रनको ओपनिङ साझेदारी गरेका थिए । पटेलले ३६ बलमा ३८ रन बनाए । वार्नर र पटेलबीच शतकीय साझेदारी भए पनि लुम्बिनीका बलरले कमब्याक गर्दा काठमाडाैंले ठूलो स्कोर बनाउन सकेन ।

लिगमा अपराजित रहेको लुम्बिनीका लागि सबैभन्दा सफल बलर स्पिनर अभिषेश गौतम रहे । उनले ४ ओभरमा १५ रन दिएर २ विकेट लिए । यस्तै शेर मल्ल र रुबेन ट्रम्पलमेनको नाममा पनि २-२ विकेट रह्यो । मल्लले दुवै ओपनर डेविड वार्नर र साहिल पटेलको विकेट लिएका थिए ।

लिगमा अपराजित साविक विजेता लुम्बिनी ७ अंकका साथ शीर्ष स्थानमा छ भने काठमाडौं तीन खेलमा २ जितका साथ तेस्रो स्थानमा छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ