टस जितेर चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर

  • Image नेप्लेज
  • २७ कार्तिक २०८३, शुक्रवार
  • 36 पटक हेरिएको
टस जितेर चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनपकुरले टस जितेर चितवनलाई फिल्डिङको निम्तो दिएको हो ।जारी सिजनको एनपीएलको यो २५ औं खेल हो ।

जारी एनपीएलको लिग चरणमा जनकपुर बोल्ट्सले आफ्नो सातौं तथा अन्तिम खेल खेल्दैछ । चितवन राइनोजले भने छैटौं खेल खेल्न लागेको हो । यी दुवै टोलीको प्ले–अफ चरणमा पुग्ने सम्भावना बाँकी नै छ । तर, अंक तालिकामा जनकपुर बोल्ट्सभन्दा चितवन राइनोजको स्थिति केही बलियो देखिन्छ । जनकपुर बोल्ट्सले ६ मध्ये केवल दुई खेलमा जित र चार खेलमा हारको नतिजाबाट चार अंक बटुलेको छ । जनकपुर बोल्ट्स अंक तालिकाको छैटौं स्थानमा आसिन छ । त्यसैले जनकपुर बोल्ट्सका लागि चितवनविरुद्धको खेल निकै महत्त्वपूर्ण छ । यो खेलमा पराजित भए जनकपुर बोल्ट्सको अगाडि बढ्ने सम्भावना समाप्त हुनेछ ।

अर्कोतिर, चितवन राइनोजले पाँचमध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकोलेको छ । चितवनको एउटा खेल वर्षाका कारण रद्द भएको थियो । चितवन पाँच अंकसहित पाँचौं स्थानमा छ । त्यसैले शुक्रबारको खेल चितवनका लागि पनि निकै महत्त्वपूर्ण छ । यो खेलमा पराजित भए चितवनको अगाडि बढ्ने सम्भावना निकै कमजोर हुनेछ । यद्यपि, चितवनको एक खेल अझै बाँकी रहनेछ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ