काठमाडौं गोर्खाजलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा पुग्ने दोस्रो टोली बन्यो

  • Image नेप्लेज
  • २७ कार्तिक २०८३, शुक्रवार
  • 46 पटक हेरिएको
काठमाडौं गोर्खाजलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा पुग्ने दोस्रो टोली बन्यो

काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडौं  गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश गरेको छ ।

जारी सिजनमा प्लेअफमा पुग्ने सुदूरपश्चिम दोस्रो टोली बनेको छ । यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ ।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं  २० ओभरमा ७ विकेट गुमाएर ११८ रनमा समेटियो । काठमाडौंका लागि राशिद खानले सर्वाधिक ३५ रन बनाएका छन् । दुशन हेमन्थाले २१, सन्तोष यादवले १०, साम हेजलेटले ११ र करण केसीले ८ रन बनाएका छन् ।

सुदूरपश्चिमका लागि अनिल खरेलले दुई विकेट लिए । स्कट कुगेलेइन र फाबियन एलेनले समान १-१ विकेट लिए ।

 यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । टोलीले २.३ ओभरमै ८ रन जोड्दा चार विकेट गुमाएको थियो । स्कट कुगेलेइन ६, विनोद भण्डारी १, ब्रान्डन म्याकमुलेन र ईशान पाण्डे शून्यमा आउट भए । त्यसपछि कप्तान दीपेन्द्रले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले । आरिफ १६ रन बनाएर रनआउट भए । दीपेन्द्रले ६० रन बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । थारिन्दु रत्नायके २६ रनमा अविजित रहे ।

काठमाडौंका जहान्दाद खानले ३ तथा सन्तोष यादवले दुई विकेट लिए ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ