नेपालको लागि पहिलो पदक, करातेका तेन्जिङले जिते कास्य

  • Image नेप्लेज
  • ७ आश्विन २०८३, बुधवार
  • 134 पटक हेरिएको
नेपालको लागि पहिलो पदक, करातेका तेन्जिङले जिते कास्य

काठमाडौं । २० औं एसियन गेम्स २०२६ मा नेपालले पहिलो पदक हासिल गरेको छ।

नेपालको लागि करातेको कुमुतेतर्फ ८४ केजी माथिको तौल समुहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका छन्।

उनले लाओसका भथ्थाना छयासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन्।

सेमिफाइनलमा इरानका महमुद निमातीसँग ५–० ले पराजित भएका तेन्जिङले नेपालको लागि कास्य पदक जितेका हुन्।