काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ सेमिफाइनलबाट बाहिरिएकी छन् । महिला ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी एरिका कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २–१ अंकले पराजित भइन् ।
एरिका सेमिफाइनल पुग्नुअघि क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरलाई ७–१ ले हराउँदै उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । तर, बेरुत्सेभाविरुद्धको प्रतिस्पर्धा उनका लागि चुनौतीपूर्ण रह्यो ।
यसअघि १९औं एसियाली खेलकुदको फाइनलमा पनि यी दुईबीच प्रतिस्पर्धा भएको थियो, जहाँ एरिका पराजित हुँदै रजत पदक जितेकी थिइन् ।