एसियाड महिला भलिबल: पहिलो जितका लागि इन्डोनेसियाविरुद्ध उत्रिँदै नेपाल

  • Image नेप्लेज
  • १ आश्विन २०८३, बिहिवार
  • 89 पटक हेरिएको
एसियाड महिला भलिबल: पहिलो जितका लागि इन्डोनेसियाविरुद्ध उत्रिँदै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले २० औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ।

जापानको आइचीस्थित पार्क एरिना कोमाकीमा हुने खेल नेपाली समयअनुसार बिहीबार अपराह्न ४ः०५ बजे सुरु हुनेछ।

पहिलो खेलमा आयोजक जापानसँग ३-० को सोझो सेटमा पराजित भएको नेपाल आज इन्डोनेसियाविरुद्ध सुधारिएको प्रदर्शनसहित सुखद नतिजाको खोजीमा हुनेछ।

बुधबार भएको खेलमा विश्व वरीयतामा छैटौं स्थानमा रहेको जापानविरुद्ध नेपालले पहिलो सेट २५-८ ले गुमाएको थियो । दोस्रो सेटमा केही सुधार गरे पनि नेपाल २५-१२ ले पराजित भयो । तेस्रो सेट पनि नेपालले २५-११ ले गुमाएको थियो।