काठमाडौं । जोन डेवी स्कुलको आयोजनामा दोश्रो जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइज र गल्र्समा समान १६–१६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने जोन डेवीकी प्रिन्सिपल उर्वसी सुब्बाले जनाएकी छन् ।
ब्वाइजमा हेम्स र गल्र्समा बौद्ध चिल्ड्रेन हेभेन स्कुल डिफन्डिङ च्याम्पियन हुन् । फुटसलको यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १५ र यु–१६ गल्र्समा ९ टिमले भाग लिने छन् ।
फुटसल पनि लिग कम नकआउट पद्धतिमा खेलाइने छ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चक्रपथस्थित आयोजककै हातामा हुनेछ ।