बाघ भैरव टिम च्याम्पियन

  • Image नेप्लेज
  • २३ जेठ २०८३, शनिवार
  • 2792 पटक हेरिएको
बाघ भैरव टिम च्याम्पियन

काठमाडौं. नेपालको बाघ भैरव डोजोले १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ। ७ स्वर्ण, ३ रजत र २ कांस्यसाथ बाघ भैरव समग्रमा टिम च्याम्पियन बन्यो।

मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजमा भएको प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र २३ कांस्यसहित भारत दोश्रो भयो। तेस्राे स्थानमा रहेको नेपालको ठैब डोजोले ४ स्वर्ण र १ कांस्य हात पा¥यो।

नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको पुरुषमा अरनिको डोजोका रोशन खत्री तथा महिलामा चिल्ड्रेन मोडेल माविकी अयुष्मा मगर उत्कृष्ट खेलाडी घोषित भए।

विजेतालाई काठमाडौं महानगरपालिका प्रवक्ता समेत रहेका वडा १७ का अध्यक्ष नवीन मानन्धर, आयोजक टेक्सासका कार्यकारी अध्यक्ष भेषराज पोखरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सो अवसरमा काठमाडौं महानगरपालिका वडा ७ का अध्यक्ष विमलकुमार होडा र समाजसेवी सुनिल शाहीलाई सम्मान गरिएको थियो।

दुईदिने प्रतियोगितामा नेपालबाट २ सय ३२ र भारतबाट २२ गरी जम्मा २ सय ५४ खेलाडीले २२ स्पर्धामा प्रतिस्पर्धा गरेको गोजुकाइ कराते डो संघका महासचिव समेत रहेका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन्।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment