हिमालयन जुनियर चेस च्याम्पियनशिपमा आयान र नायुमा च्याम्पियन

  • Image नेप्लेज
  • ६ मंसिर २०८३, आइतवार
  • 48 पटक हेरिएको
हिमालयन जुनियर चेस च्याम्पियनशिपमा आयान र नायुमा च्याम्पियन

काठमाडौं। हिमालय चेस एकेडेमीले आयोजना गरेको हिमालयन जुनियर चेस च्याम्पियनशिपमा आज निसर्ग बाटिका स्कुलका आयान जोशी र शिखर स्कुलकी नायुमा मगर च्याम्पियन भएका छन्। उनिहरु आज सम्पन्न भएको यु–१४ समूहको क्रमशः छात्र तथा छात्रा विधामा प्रथम भएका हुन्। 

एकेडेमीले अश्विन २५ गतेदेखि यु–६ तथा यु–८ विधाबाट सुरु गरेको प्रतियोगितामा आज उमेर समूहको अन्तिम विधा यु–१४ सम्पन्न भएको छ। प्रतियोगितामा छात्रतर्फ निसर्ग बाटिका स्कुलमै अध्ययनरत सात्वीक मान तुलाधर ४.५ अंकका साथ दोस्रो हुन सफल भए। आयानसँग समान अंक भए तापनि तुलाधर बुकोल्ज ट्राइब्रेकरका कारण दोस्रो हुन बाध्य भए। यसै गरि ३.५ अंक प्राप्त गर्दै संस्कृति इन्टरनेशनल स्कुलका संभव थुलुङ्ग तेस्रो भए।

त्यसैगरि २.५ अंकका साथ मार्भलस स्कुलकि सुहानी सिंह दोस्र्रो हुँदा काष्ठमण्डप स्कुलकी छात्रा सहस्रा क्षत्री तेस्रो भइन्। हिमालयन जुनियर चेस च्याम्पियनसिपको ग्रान्ड फिनाले यहि मङ्सिर १३ गते सञ्चालन हुनेछ जसमा विभिन्न उमेर समूहमा उत्कृष्ट ३ हासिल गर्ने खेलाडीहरुले सहभागिता जनाउने छन्।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment