लुम्बिनी लायन्स एनपीएलको फाइनलमा, सुदूरपश्चिम स्तब्ध

  • Image नेप्लेज
  • १ मंसिर २०८३, मङ्गलवार
  • 99 पटक हेरिएको
लुम्बिनी लायन्स एनपीएलको फाइनलमा, सुदूरपश्चिम स्तब्ध

काठमाडौं। सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले ४ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुग्दै उपाधि रक्षा अभियानको नजिक पुगेको छ । दुई पटकको उपविजेता सुदूरपश्चिम भने पहिलो पटक क्वालिफायरमा पराजित भएको हो ।

हारका बावजुत पनि सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।एलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्नेछन् । लुम्बिनीको लागि विकेटकिपर निरोशन डिकवेलाले ३७ बल खेल्दै ७ चौका र २ छक्का मदतमा अविजित ५९ रन जोडे । यस्तै कप्तान रोहित पौडेलले २८ बल खेल्दै १ चौका मदतमा २१ रन योगदान गरे । २४ रनमा २ विकेट गुमाएको लुम्बिनीका लागि डिकवेला र कप्तान रोहितले ३८ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । ओपनर डार्शी सर्ट शुन्यमा आउट हुँदा आसिफ शेख ४ रन मात्र बनाएर आउट भए । विजयी छक्का प्रहार गरेका दिलिप नाथले १२ बलमा अविजित १० रन बनाए । सुदूरपश्चिका थरिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले १(१ विकेट लिए । सन्दीप जोरा ८ रनमा आउट भए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ५२ रन बनाए । उनले अन्तिम ओभरमा आउट हुनुअघि ५१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । टिमको स्कोर ८ रन हुँदा चौथो ओभरमै क्रिजमा पुगेका दीपेन्द्रले इशान पाण्डेसँग मिलेर अर्धशतकिय साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । यो जोडीले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गरे । इशान पाण्डेले २७ रन योगदान गरे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । यस सिजन पहिलो खेल खेलिरहेका स्टकिस ओपनर जर्ज मन्से खेलको पहिलो बलमै आउट हुँदा सुदूरपश्चिमको सुरुवात नै खराब रह्यो । यस्तै पहिलो खेल खेलिरहेका अर्का खेलाढी तानुका दबारे नि तेस्रो ओभरमा ट्रम्पलम्यानकै बलमा विकेटकिपर निरोशन डिकवेलाबाट क्याचआउट भए । रुबेन ट्रमपल्मयानले पहिलो स्पेलमै ३ ओभर बलिङ गर्दा ७ रनमात्र खर्चेर २ विकेट लिएका थिए ।

त्यसपछि अभिशेष गौतमले ओपनर विनोद भण्डारीलाई निरोशान डिकवेलाबाटै स्टम्प पछाडी क्याच आउट गराए । ३.१ ओभरमा ८-३ को अवस्थामा पुगेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डे ६४ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । तर इशान १५औं ओभरको पहिलो बलमा इशान रनआउट भएपछि सुदूरपश्चिमले चौथो विकेट गुमायो । इशानले ३३ बल खेल्दै ३ चौका मदतमा २७ रन बनाए । त्यसपछि आएका थरिन्दु रत्नायकेलाई १६औं ओभको पहिलो बलमै शेरल मल्ले बोल्ड गरे । आरिफ शेख ६ बलमा ४ रन बनाएर आउट भए । आरिफलाई शेर मल्ले डार्शी सर्टबाट क्याचआउट गराए । एक छेउ सम्हालिरहेका कप्तान दीपेन्द्र पनि अन्तिम ओभरको दोस्रो बलमा आउट भए । उनलाई किशोर महतोले डार्शी सटबाट क्याचआउट गराए । स्कट कुगेलेइन ७ रन बनाएर अन्तिम बलमा रनआउट भए । अनिल खरेल २ रनमा अविजित रहे । लुम्बिनीका लागि ट्रम्पलम्यानले ४ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए । शेर मल्लले पनि २ विकेट लिए । किशोर महतो र अभिशेष गौतमले १-१ विकेट लिए । सुदूरपश्चिमका दुई खेलाडी रनआउट भए ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ