टस हरेर पहिले ब्याटिङ थालेको जनकपुरले २ विकेट गुमाएर ५७ रन बनाएको हो।
काठमाडौं। हिमालयन जुनियर चेस च्याम्पियनसिपमा शुभांग प्रधान र श्रिषा बल्ला च्याम्पियन भएका छन्।
थापाथलीस्थित हिमालयन चेस एकेडेमीमा आइतबार सम्पन्न यू–१० प्रतियोगितामा शुभांग छात्र र श्रिषाले छात्रातर्फ पहिलो स्थान हासिल गरेका हुन्। रातो बंगला स्कुलका शुभांगले ६ अंक र सेन्ट मेरिज स्कुलकी श्रिषाले ४ अंक प्राप्त गरे।
जेम्स स्कुलका विराज सार्दा ५ अंकसहित दोस्रो तथा रातो बंगला स्कुलकै आरम्भ श्रेष्ठ ४ अंकसहित तेस्रो भए। छात्रातर्फ रातो बंगला स्कुलकी काव्या अग्रवाल २ अंकसहित दोस्रो स्थानमा रहिन्।
एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूका अनुसार प्रतियोगितामा ६ विद्यालयका कुल ११ खेलाडीले सहभागिता जनाएका थिए। प्रतियोगिता १० मिनेटको र्यापिड फर्म्याटमा सञ्चालन गरिएको थियो।
हिमालयन जुनियर चेस च्याम्पियनसिपअन्तर्गत यू–६, यू–८, यू–१०, यू–१२ र यू–१४ उमेर समूहमा छात्र तथा छात्रातर्फका प्रतियोगिता आयोजना गरिनेछ। अक्टोबर ४ मा यू–६ र अक्टोबर ११ मा यू–८ प्रतियोगिता सम्पन्न भइसकेका छन्। अब नोभेम्बर १५ मा यू–१२ र नोभेम्बर २२ मा यू–१४ समूहका खेल हुनेछन्।
नोभेम्बर २९ मा विभिन्न उमेर समूहबाट छनोट भएका खेलाडीबीच ‘अल्टिमेट ग्रान्ड’ च्याम्पियनसिप आयोजना गरिने खम्बूले जानकारी दिए। प्रत्येक उमेर समूहका शीर्ष तीन खेलाडीले उक्त प्रतियोगितामा स्थान बनाउनेछन्।
प्रतियोगिता फिडेका नियमअनुसार सञ्चालन हुनेछ। खेलाडीले आफ्नो उमेर समूह वा त्यसभन्दा माथिल्लो उमेर समूहमा प्रतिस्पर्धा गर्न पाउनेछन्। प्रतियोगिताको दर्ता शुल्क प्रतिइभेन्ट ३०० रुपैयाँ तोकिएको छ। खेल बिहान १०स्३० देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने खम्बूले बताए।