काठमाडौं कात्तिक १३ गते । काठमाडौं स्पोर्ट्स एकेडेमीको आयोजनामा केएसए काठमाडौं १६ वडा कप राष्ट्रिय ¥यापिड चेस प्रतियोगिता कात्तिक १७ गतेदेखि हुने भएको छ।
प्रतियोगिता स्वीस लिग प्रणाली बमोजिम ९ चरणको हुने आयोजक एकेडेमीका अध्यक्ष नारायणदास गमालले जनाएका छन्। प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५३ हजार रुपैयाँ रहेको छ।
खुलातर्फ १ हजार र महिला तथा १६ वर्षमुनि उमेरसमूह खेलाडीका लागि ५ सय दर्ता शुल्क तोकिएको छ। उपत्यका बाहिरका खेलाडीको आवासको व्यवस्था आयोजकले गर्ने बताइएको छ।
काठमाडौं महानगरपालिका वडा १६ र काठमाडौं जिल्ला बुद्धिचाल संघको सह–आयोजनामा हुने दुईदिने प्रतियोगिताका खेलहरु नयाँ बजारस्थित मल्टि भेन्युमा खेलाइने छ।