चितवनले जनकपुरलाई ४ विकेटले हरायो, प्लेअफ सम्भावना बलियो

  • Image नेप्लेज
  • २७ कार्तिक २०८३, शुक्रवार
  • 63 पटक हेरिएको
चितवनले जनकपुरलाई ४ विकेटले हरायो, प्लेअफ सम्भावना बलियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले तेस्रो जित हासिल गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले प्लेअफ सम्भावना जीवित राखेको छ।

जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनको जितमा डेविड मलानले सर्वाधिक ३५ रन बनाए। त्यस्तै, सर्वाधिक मल्लले १५, रवि बोपाराले १३ र कमिल मिश्राले १२ रनको योगदान दिए ।

जनकपुरका लागि राहुल यादवले उत्कृष्ट बलिङ गरे । उनले तीन विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै, ललित राजवंशीले दुई तथा विशाल सुश्लिङले एक विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको थियो । उसका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाउँदा विशाल सुश्लिङले १५ तथा राहुल यादव र सन्तोष कार्कीले समान १० रन जोडेका थिए ।

जनकपुरलाई सस्तैमा समेट्न चितवनका रञ्जित कुमारले तीन विकेट लिएका थिए । कमिल मिश्रा र सिकन्दर राजाले समान दुई–दुई विकेट लिँदा रिजन ढकाल र कमलसिंह ऐरीले एक–एक विकेट हात पारेका थिए ।

यस जितसँगै चितवनले सात अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । लिग चरणमा अब एक खेल बाँकी रहेको चितवनको प्लेअफ सम्भावना कायमै छ ।

यता, चितवनसँगको हारपछि जनकपुरको प्लेअफ यात्रा भने समाप्त भएको छ । टोलीले लिग चरणका सबै खेल पूरा गर्दा आवश्यक नतिजा निकाल्न सकेन ।

चितवनले अब प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सको सामना गर्नेछ । उक्त खेल चितवनका लागि प्लेअफ यात्रा तय गर्ने निर्णायक अवसर बन्नेछ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ