भिल्लारियलविरुद्ध बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

  • Image नेप्लेज
  • ६ मंसिर २०८३, आइतवार
  • 42 पटक हेरिएको
भिल्लारियलविरुद्ध बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै भिल्लारियललाई पराजित गरेको छ ।

आइतबार राति घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ३–२ गोलले हराएको हो । दुई गोलले पछि परेको अवस्थामा बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गर्दै रोमाञ्चक जित निकालेको हो ।

खेलमा भिल्लारियलले सुरुवातमै अग्रता बनाएको थियो । खेलको चौथो मिनेटमा टाजोन बुकाननले गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै तानी ओलुवासेयीले गोल गरेपछि भिल्लारियलले अग्रता दोब्बर बनायो ।

पहिलो हाफमै खेलमा फर्कने अवसर पाएको बार्सिलोनाका लामिन यमलले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लागेर फर्किएपछि बार्सिलोना पहिलो हाफमा दुई गोलले पछि रह्यो । तर दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्‍यो ।

खेलको ५६औँ मिनेटमा जेरार्ड मार्टिनले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । त्यसको चार मिनेटपछि अर्थात् ६०औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए । लगातार दबाब बनाएको बार्सिलोनाले ६६औँ मिनेटमा अग्रता लिन सफल भयो । एरिक गार्सियाको क्रसलाई रोक्ने क्रममा भिल्लारियलका पाउ नाभारोबाट आत्मघाती गोल भएपछि बार्सिलोनाले ३–२ को अग्रता बनायो ।

त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । खेलको अन्तिमतिर दोस्रो पहेँलो कार्ड पाएपछि नाभारो मैदानबाट बाहिरिएका थिए । यस जितसँगै बार्सिलोनाले लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ । १३ खेलबाट ३६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत् छ ।

दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा बार्सिलोना तीन अंकले अघि रहेको छ । उता भिल्लारियल भने १५ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment