कोपा अमेरिकामा इक्वेडरको पहिलो जित

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०३-१३
  • |
  • 298 पटक हेरिएको

कोपा अमेरिका फुटबलमा इक्वेडरले पहिलो जित निकालेको छ । विहीबार विहान सकिएको पहिलो खेलमा इक्वेडरले जमैकामाथि ३–१ गोल अन्तरको जित दर्ता गरेको हो ।

जितसँगै २ खेलमा ३ अंक बनाएको इक्वेडर गोल अन्तरका आधारमा समूह ‘बी’को शीर्ष स्थानमा छ ।

इक्वेडरले जित निकाल्दा अग्रता भने उपहार गोलबाट लिएको थियो । जमैकाका केसइ पालमरले आफ्नै पोस्टमा १३ औं मिनेटमा गोल गरेपछि इक्वेडरले अग्रता लिएका थिए ।

पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा रे केन्ड्रे पेइजले गोल गरेपछि इक्वेडर २–० को सहज अवस्थामा पुगेको थियो ।

५४ औं मिनटमा मिचेल एन्टोनियाले जमैका लागि एक गोल फर्काए ।

तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलन स्टेभ गार्सियाले गोल गरेपछि इक्वेडर ३–१ को जितसहित ३ अंक लिन सफल भयो । जमैकाको भने यो लगातार दोस्रो हार हो । यो समूहमा भेनेजुएला र मेक्सिो पनि रहेका छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey