गुल्मीमा कभर्डहलको उद्घाटन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१५
  • |
  • 363 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गुल्मीको रुरु क्षेत्र गाउँपालिकास्थित रिडीमा बनेको ब्याडमिन्टन कभर्डहल तथा सभा हलको एक कार्यक्रमबीच शनिबार उद्घाटन गरे।

२०८० साल पुस ५ गते निर्माण कार्य सुरु भएको कभर्डलको निर्माण कार्य २०८१ साल जेठ ५ गते सम्पन्न भएको थियो। कभर्डहल निर्माणका लागि गुल्मीका ८४ वर्षीय गुरुप्रसाद ज्ञवालीको अध्यक्षतामा निर्माणाधीन रुरु कभर्डहल उपभोक्ता समिति गठन गरिएको थियो। हलमा २ कोर्ट रहेको छ। जम्मा १ करोड २४ लाख लागतमा निर्माण सम्पन्न भएको कभर्डहलका लागि राखेपले ९० लाख रुपैयाँ सहयोग गरेको थियो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey