इटाली अन्तिम १६ बाट बाहिरियो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१५
  • |
  • 546 पटक हेरिएको

काठमाडौँ । इटाली युरोकप २०२४ को अन्तिम १६ बाट बाहिरिएको छ। 

ओलम्पियास्ट्याडियन शनिबार राति सम्पन्न खेलमा इटाली स्विट्जरल्यान्डसँग २-० गोलअन्तरले पराजित हुँदै प्रतियोगिातबाट बाहिरिएको हो।

स्वीट्जरल्यान्डको जितमा रेमो फ्रेउलर र रुबेन भारगासले गोल गरे।

खेलमा ३७औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुवातमा नै रुबेन भारगासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

त्यसपछि भने कुनै गोल हुन नसकेपछि इटाली प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो। 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey