धर्म र पुष्पलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१५
  • |
  • 364 पटक हेरिएको

नेपाली भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा धर्मले ५० वर्षमाथि १० हजार मिटर दौडमा स्वर्ण जितेको टोली नेतृत्व गरेका बुद्धवीर लामाले जनाएका छन्। प्रतियोगितामा धर्मको यो व्यक्तिगत दोश्रो स्वर्ण हो। यसअघि धर्मले ५ हजार मिटर दौडमा पनि स्वर्ण जितेका थिए। पुष्पलालले पनि १० हजार मिटर दौडमै ६५ वर्षमाथि उमेरसमूहमा पहिलो स्थान हात पारे। सोही दूरीको ४० वर्षमाथि लाक्पा शेर्पा लामा पाँचौं स्थानमा रहे।

प्रतियोगितामा नेपालबाट ६ जना भेट्रान धावकले प्रतिस्पर्धा गरेका थिए। नेपालले ५ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्यो। यसअघि ६५ वर्षमाथि ५ हजार मिटर दौडमा गीतकार समेत रहेका बुद्धवीर लामा स्वर्ण तथा रैवत दाहालले ५० वर्षमाथि १ हजार ५ सय मिटर दौडमा स्वर्ण र १ हजार ५ सय मिटर दौडमा रजत जितेका थिए। ५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रन्जितले कांस्य हात पारे। टोली मंगलबार स्वदेश फर्किदैछ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey