सातौ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनशिप प्रतियोगिता सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१५
  • |
  • 361 पटक हेरिएको

दुई दिने सातौ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनशिप प्रतियोगिता काठमाडौको टोखा नगरपालिकामा शनिबार सम्पन्न भएको छ ।
प्रतियोगितामा महिला खुला च्याम्पियनशिपतर्फ खुसी विके प्रथम, समिक्षा राई दोस्रो, लेमंग मगर तस्रो हुनु भएको छ ।
पुरुष जुनियरतर्फको खुला च्याम्पियनशिपमा किरण लामा गुरुङ प्रथम, यमबहादुर कामु दोस्रो, अविशेष परिवार तेस्रो हनुभयो ।
यस्तै सिनियर पुरुष च्याम्पियनशिपतर्फ   प्रथम वसन्त राइ, शरद् राई दोस्रो  र पेन्थेलिन शेर्पा तेस्रो हुनुभयो । सबै विद्यामा प्रथम हुनेलाई २५ हजार रपियाँ, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपियाँ पुरस्कार दिइएको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले बताउनुभयो ।
यसअघि सो प्रतियोगिताको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले उद्घाटन गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै उहाँले स्केटिङ तथा स्केटबोर्डिङ साहसिक र लोभ्याउने सुन्दर खेल भएको बताउदै ७५३ वटै पालिकामा त्यसका लागि खेल मैदान बनाउनु पर्ने बताउनु भएको थियो ।
मन्त्री जोशीले स्थानीय तहहरुमा खेल मैदान बनाउनका लागि आफ्नो मन्त्रालयले समेत स्थानीय सरकारकासंग समन्वय गर्ने बताउनु भएको थियो  ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा भरहेको प्रतियोगिताको उद्घाटन क्रममा बोल्दै सर्जक तथा गायक प्रकाश सपुतले सो खेलबाट देशको नाम राख्न खेलाडीलाई आग्रह गर्नु भएको थियो । उहाँले कार्यक्रममा आएर, आर्थिक, नैतिक सहयोग गरेर यो खेलको प्रवद्र्धनमा आफू लाग्ने प्रतिवद्धता समेत गर्नु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सो खेल आफ्नो पालिकामा आयोजना हुँदा आफ्नो पालिकाको गौरव अझ बढेको बताउदै आफ्नो पालिकाको कुनै पनि खेलाडी आर्थिक अभावका कारण देश भित्र र वा बाहिर हुने कुनै पनि खेल खेल्नबाट बञ्चित हुनु नपर्ने बताउनु भएको थियो ।
सो क्रममा मन्त्री जोशी, कलाकार सपुत र नगरप्रमुख अधिकारी र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले खेलाडीहरुलाई स्केटबोर्ड हस्तान्तरण गर्नु भएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १८० जुनियर तथा सिनियर  पुरुष र ७० जना जुनियर तथा सिनियर महिला खेलाडी सहभागी रहेका थिए ।  ती खेलाडीलाई  खुल्ला सिनियर पुरुष , खुल्ला जुनियर पुरुष, खुल्ला महिला स्केटिङ च्याम्पियनसिप गरेर तीनवटा विद्यामा खेलाइएकोे थियो  ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey