दक्षिण अफ्रिकालाई उपाधि जित्न १७७ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१५
  • |
  • 422 पटक हेरिएको

काठमाडौं । आइसिसी विश्वकप टी२० विश्वकपमा दक्षिण अफ्रिकालाई उपाधि जित्न भारतले १७७ रनको लक्ष्य दिएको छ। 

बार्बडसस्थित किंगस्टन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको हो। 

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। 

अक्षर पटेल ४७ र शिवम् दुबे २७ रनमा आउट हुँदा हार्दिक पाण्ड्या पाँच रनमा अविजित रहे। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

केशब महराजा र एनरिर्च नोर्ट्जेले समान दुई विकेट लिए। मार्को जोन्सन र कागिसो रबाडाको नाममा एक/एक विकेट रह्यो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey