जर्जियासँग हार्‍यो पोर्चुगल

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१३
  • |
  • 626 पटक हेरिएको

काठमाडौं । युरोकप २०२४ अन्तर्गत समूह "एफ" को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ।

जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहिवार बिहान सम्पन्न खेलमा पोर्चुगल २-० गोलले पराजित भएको हो। यद्यपि हारका बाबजुद पोर्चुगल समूह विजेता भने बन्यो।

पोर्चुगल र टर्की समान ६-६ अंकका साथ क्रमश: शीर्ष २ स्थानमा रहे।

प्रशिक्षक रोबर्टो मार्टिनेजले टोलीमा आफ्नो दोस्रो रोजाइका खेलाडी अवसर दिएका थिए। जारी युरोकपमा गोलको खाता खोल्न नसकेका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा उतारे।

खेलको दोस्रो मिनेटमा नेपोलीका विंगर क्विचा गोल गर्दै क्भारात्क्षेलियाले बलियो टोलीले पोर्चुगलविरुद्ध अग्रता दिलाए। पहिलो हाफमा एक शुन्यले पछि परेको पोर्चुगलले दोस्रो हाफमा थप एक गोल ब्यहोर्यो।

५७औं मिनेटमा जर्जियाले पेनाल्टीको अवसर पायो। पोर्चुगलका सिल्भाले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई मिकाउताद्जेले गोल गर्दै खेलमा २-० को अग्रता दिलाए।

यसै समूहको अर्को खेलमा टर्कीले चेक रिप्ब्लिकलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।

पहिलो पटक युरोमा सहभागी भएको जर्जिया ४ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्यो। यता, १ अंक जोडेको चेकरिपब्लिक भने बाहिरिएको छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey