लुम्बिनीलाई सोझो सेटमा हराउँदै बागमती च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१५
  • |
  • 356 पटक हेरिएको

काठमाडौं । बागमती प्रदेशले प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा लुम्बिनीलाई ३-० को सोझो सेटमा पराजित गर्दै बागमती च्याम्पियन बनेको हो।

बागमतीले खेल २५-२१, २५-१६ र २५-१८ को सेटमा जित्यो।

उपाधिसँगै बागमतीले तीन लाख रुपैयाँ नगद प्राप्त गरेको छ। पराजित लुम्बिनीले भने दुई लाख रुपैयाँमा चित्त बुझायो। बागमतीले समूह चरणको सबै खेल जितेको थियो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey