गुनाले इङल्यान्डमा खेल्ने

  • Image नेप्लेज
  • ९ मंसिर २०८३, बुधवार
  • 65 पटक हेरिएको
गुनाले इङल्यान्डमा खेल्ने

काठमाडौं । उमा कुङफु खेलाडी गुनाले इङल्यान्डमा खेल्ने उमा कुङफु खेलाडी गुना गुरुङले उमा वल्र्ड ओपन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

इङल्यान्डको चेल्टेनह्याममा नोभेम्बर २८ र २९ तारिखमा हुने प्रतियोगितामा गुनाले २ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । गुनाले १६ वर्षमाथिको के– १० वेपन्स फम र के– २ चाइनिज फममा कौशल प्रदर्शन गर्ने छिन् ।

यसअघि गुनाले सन् २०२३ मा इङल्यान्डमै भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स खुला च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् । गुना बिहीबार इङल्यान्ड प्रस्थान गर्ने छिन् ।

गुनालाई सफलताको शुभकामना दिदै नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment