भुटानमा हुने गेलेफु टी-२० का लागि नेपाली ‘ए’ टोली घोषणा

  • Image नेप्लेज
  • ९ मंसिर २०८३, बुधवार
  • 82 पटक हेरिएको
भुटानमा हुने गेलेफु टी-२० का लागि नेपाली ‘ए’ टोली घोषणा

काठमाडौं । भुटानमा हुन लागेको गेलेफु पुरुष टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाल ‘ए’ टोली घोषणा गरिएको छ।

बुधबार नेपाल क्रिकेट संघले सन्तोष यादवको नेतृत्वमा नेपाल ‘ए’ टोली घोषणा गरेको हो।

नेपाली टोलीमा विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिष जीसी, अर्जुन घर्ती मगर, दिपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विसाल सुम्लिङ्ग, अभिषेक पाल र इमरान शेख रहेका छन्।

यो प्रतियोगिता मंसिर १८ देखि २७ गतेसम्म भुटानमा हुनेछ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment