महिला बास्केटबल : सुदूरपश्चिम क्वाटरफाइनलमा

  • Image नेप्लेज
  • ९ मंसिर २०८३, बुधवार
  • 52 पटक हेरिएको
महिला बास्केटबल : सुदूरपश्चिम क्वाटरफाइनलमा

दसौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुग्यो ।
सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गर्यो । सुदूरपश्चिमको जितमा सन्जु घिसिङले १४ अंक योगदान गरिन् ।


सुदूरपश्चिमले चारै क्वाटरमा क्रमशः २०, ११, ४ र १२ को प्रदर्शन गर्यो । दोश्रो क्वाटरमा ३ अंक जोडेको मधेश बाँकी क्वाटरमा अंकविहीन रह्यो ।
समूह ‘ए’ को अर्को खेलमा दिभा महर्जनको २० अंक सहयोगमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ ले सहजै   हरायो ।

पहिलो क्वाटरमा ८–० ले पछि परेको पुलिसले बाँकी क्वाटरको नतिजा आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्यो । पुलिसले दोश्रो क्वाटरमा २०–३, तेश्रोमा १०–५ र चौथोमा १८–३ स्कोर गर्याे । यो समूहमा एपीएफ र कर्णालीबीचको खेलले यो समूहबाट क्वाटरफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ ।


फुल कोर्टमा बिहीबार एपीएफ र कर्णाली, मधेश प्रदेश र बागमती, कोशी र गण्डकी तथा लुम्बिनी र आर्मी बीच प्रतिस्पर्धा हुनेछ ।


थ्री अन थ्रीमा नेपाल आर्मीले क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । आर्मीले कोशी प्रदेशलाई १३–८ ले पाखा लगायो । आर्मीकी दिब्यान्सी कार्कीले ६ स्कोर गरिन् । ३ टिम रहेको समूह ‘ए’ विजेता हुँदै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

समूह ‘बी’ बाट बागमती पनि विजेताका हैसियतले क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल रह्यो । बागमतीले मधेशलाई ८–३ ले पन्छायो । बागमतीकी आरुषा महर्जनले ४ अंक बटुलिन् ।


बिहीबार कोशी र एपीएफ, मधेश र कर्णाली, गण्डकी प्रदेश र सुदूरपश्चिम तथा पुलिस र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । बिहीबार फुल कोर्ट र थ्री अन थ्री दुवैमा क्वाटरफाइनल समीकरण तयार हुनेछ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment