दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारी तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यसम्पादन समिति तथा विषयगत उपसमितिको समीक्षा बैठक सम्पन्न भएको छ ।
कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री मंगल बहादुर शाहीको अध्यक्षतामा मंसिर ९ गते बसेको बैठकमा प्रतियोगिता तयारीसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा समीक्षा गरिएको थियो ।
बैठकमा विषयगत उपसमितिका संयोजकहरूले आ–आफ्नो उपसमितिमार्फत हालसम्म भएका काम, प्रगति विवरण, सम्पन्न गतिविधि तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो । साथै, प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी, समन्वय र जिम्मेवारीका विषयमा समेत छलफल गरिएको थियो ।
बैठकमा प्रतियोगितासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न सबै निकायबीच प्रभावकारी समन्वय, सहकार्य र जिम्मेवारीपूर्ण भूमिका अपरिहार्य रहेको छ ।