दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा चार खेल सम्पन्न, पुलिस र सुदूरपश्चिमको फराकिलो जित

  • Image नेप्लेज
  • ९ मंसिर २०८३, बुधवार
  • 98 पटक हेरिएको
दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा चार खेल सम्पन्न, पुलिस र सुदूरपश्चिमको फराकिलो जित

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा बुधबार चार खेल सम्पन्न भएका छन् ।

बुधबार भएका खेलमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश विजयी भएका छन् । फुल कोर्ट (५×५) विधाअन्तर्गत भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–१९ अङ्कले पराजित गरेको छ ।

त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ अङ्कको फराकिलो अन्तरले हराएको छ ।

यसैगरी, थ्री अन थ्री (३×३) विधाअन्तर्गत भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १३–८ अङ्कले पराजित गरेको छ ।

अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ८–३ अङ्कले हराएको छ । बुधबार दुवै विधामा प्रतिस्पर्धा गरेको मधेश प्रदेशले भने दुवै खेलमा हार बेहोरेको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment