एनपीएल: मलानको अर्धशतकमा चितवनले सुदुरपश्चिमलाई १३४ रनको लक्ष्य

  • Image नेप्लेज
  • ३ मंसिर २०८३, बिहिवार
  • 62 पटक हेरिएको
एनपीएल: मलानको अर्धशतकमा चितवनले सुदुरपश्चिमलाई १३४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाउन सफल भयो। इलिमिनेटरमा उत्कृष्ट ब्याटिङ गरे पनि चितवनले आफ्नो सोही लयलाई ‘क्वालिफायर-२’ मा निरन्तरता दिन सकेन।

काठमाडाैंविरुद्ध शतक प्रहार गरेका कमिल मिश्राले ४ रन मात्र बनाए। टस जितेर पहिले ब्याटिङ गरेको चितवनका लागि डेविड मलानले ५१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय अविजित इनिङ्स खेल्नुबाहेक अन्य खेलाडीको प्रदर्शन भने सम्झनलायक रहेन।

थप दोहोरो स्कोरका रुपमा सल्लाहउद्दीन खानले १८ रन बनाउँदा कमल सिंह ऐरीले १० रन बनाए। सुदूरपश्चिमका लागि स्कट कुग्लिङले ३ विकेट लिँदा थरिन्दु रत्नायकेले २ विकेट लिए। त्यस्तै, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले १-१ विकेट लिए।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ


Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment