१८६ रनको साझेदारी गर्दै पोखराका कुशल र युवराजले रचे इतिहास

  • Image नेप्लेज
  • २९ कार्तिक २०८३, आइतवार
  • 47 पटक हेरिएको
१८६ रनको साझेदारी गर्दै पोखराका कुशल र युवराजले रचे इतिहास

काठमाडौं। पोखरा एभेन्जर्सका कुशल भुर्तेल र युवराज साम्राले नेपाल प्रिमियर लिग (एनपीएल) मा १८६ रनको विशाल साझेदारी गरेका छन्।

काठमान्डू गोर्खाजविरुद्ध लिग चरणको अन्तिम खेलमा उनीहरूले गरेको यो साझेदारी एनपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी बनेको छ। यसअघि पोखराकै युवराज साम्रा र कुशल भुर्तेलले कर्णाली याक्सविरुद्ध १३६ रनको साझेदारी गरेका थिए। कुशल ९९ तथा युवराज ८९ रनमा आउट भएका थिए।

पोखराले यही खेलमा २० ओभरमा २२४ रन बनाउँदै एनपीएल इतिहासकै सर्वाधिक योगसमेत खडा गरेको छ। यसअघि विराटनगर किंग्सको नाममा २२० रनको कीर्तिमान थियो।