सोमपाल कामीले एसिया कप राइजिङ स्टार्स गुमाए, प्रतिश जीसी टोलीमा

  • Image नेप्लेज
  • ३ मंसिर २०८३, बिहिवार
  • 39 पटक हेरिएको
सोमपाल कामीले एसिया कप राइजिङ स्टार्स गुमाए, प्रतिश जीसी टोलीमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले कतारमा आयोजना भइरहेको एसीसी मेन्स राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएका छन् । चोटका कारण उनी प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनको स्थानमा प्रतिश जीसीलाई टोलीमा समावेश गरेको छ ।

क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै सोमपाल घाइते भएकाले प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएको हो । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम खेलका क्रममा घाइते भएका थिए । सोमपालको स्थानमा प्रतिश जीसीलाई मुख्य टोलीमा छनोट गरिएको क्यानले जनाएको छ ।

यसैगरी, यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा समावेश गरिएको छ । कतारको दोहामा मंसिर ४ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा भोली नेपालले आफ्नो पहिलो खेल खेल्दैछ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment