एनपीएल : काठमाडौं गोर्खाजलाई चितवन राइनोजले दियो २०५ रनको लक्ष्य

  • Image नेप्लेज
  • २ मंसिर २०८३, बुधवार
  • 61 पटक हेरिएको
एनपीएल : काठमाडौं गोर्खाजलाई चितवन राइनोजले दियो २०५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको इलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडाैं गोर्खाजलाई २०५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

पूरै २० ‌ओभर खेल्दै चितवनले ४ विकेटको क्षतिमा २०४ रन बनाएको हो । उसका ओपनर कामिल मिशाराले नटआउट १२० रन बनाए । यो एनपीएल इतिहासकै व्यक्तिकत सर्वााधिक रन हो । काठमाडाैंविरुद्ध वष्फोटक ब्याटिङ गर्दै चितवन राइनोजका ओपनर कामिल मिशाराले शतक बनाएका छन् । ५३ बलको सामना गर्दा चार चौका र आठ छक्काको मद्दतमा उनले शतक पूरा गरेका हुन् । यो एनपीएल तेस्रो सिजनको दोस्रो शतक हो ।

चितवनका लागि रवि बोपाराले अर्धशतक बनाए । उनले ४२ बलको सामना गर्दा ५३ रन बनाएका हुन् । उनको पारीमा तीन चौका र दुई छक्का समेटिएको थियो ।

काठमााडाैंका लागि कप्तान करण केसी र राशिद खानले दुईदुई विकेट हात पारे । केही बेरमा काठमाडाैंले जवाफी ब्याटिङ गर्नेछ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ


Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment