काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको एलिमिनेटर खेलमा चितवन राइनोजका ओपनर ब्याटर कामिल मिशराले शतक पूरा गरेका हुन्।
उनले काठमाडौं गोर्खाजविरुद्ध ५३ बलमा ४ चौका र ८ छक्का सहित शतक पूरा गरेका हुन्। टस जितेर ब्याटिङ गरिरहेको चितवनका लागि मिशराले कप्तान रवि बोपारासँग १४७ रनको शतकीय साझेदारी बनाएर खेलिरहेका छन्।
१८ ओभर सकिँदा चितवन राइनोजले २ विकेटको क्षतीमा १६९ रन बनाएर खेलिरहेको छ। एनपीएलमा शतक हान्ने पाँचौं खेलाडी हुन्। तेस्रो संस्करणमा शतक हान्ने मिशरा दोस्रो खेलाडी हुन्।