मिशाराको कीर्तिमानी शतक, एनपीएलमा एकै इनिङ्समा १२० रन बनाउने पहिलो खेलाडी

  • Image नेप्लेज
  • २ मंसिर २०८३, बुधवार
  • 77 पटक हेरिएको
मिशाराको कीर्तिमानी शतक, एनपीएलमा एकै इनिङ्समा १२० रन बनाउने पहिलो खेलाडी

काठमाडौँ । श्रीलंकाका ब्याट्सम्यान कामिल मिशाराले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कीर्तिमानी शतक प्रहार गरेका छन्। चितवन राइनोजबाट खेलिरहेका उनले काठमाडौँ गोर्खाजविरुद्धको एलिमिनेटरमा अविजित १२० रन बनाएका हुन्।

मिशाराले २० ओभरसम्म क्रिजमा टिक्दै चितवनको इनिङ्सलाई सम्हाले। उनले अविजित रहँदै बनाएको १२० रन एनपीएलको एकै इनिङ्समा कुनै पनि खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत योगफल हो।

मिशाराले ५९ बलमा ११ चौका र ८ छक्कासहित १२० रन बनाएका हुन्। उनको स्ट्राइक रेट २०३.३९ रह्यो। उनी एनपीएलमा शतक प्रहार गर्ने खेलाडीमध्ये एक बनेका छन्।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment