भुवनेश्वरमा काभा पुरुष भलिबल लिग सुरु, पहिलो खेलमा इरान र भारत भिड्दै

  • Image नेप्लेज
  • २९ कार्तिक २०८३, आइतवार
  • 110 पटक हेरिएको
  भुवनेश्वरमा काभा पुरुष भलिबल लिग सुरु, पहिलो खेलमा इरान र भारत भिड्दै

 भुवनेश्वर । मध्य एसियाली भलिबल संघ (काभा) पुरुष भलिबल लिग २०२६ आजदेखि भारतको भुवनेश्वरमा सुरु हुँदैछ ।

प्रतियोगिता यही नोभेम्बर २२ तारिखसम्म सञ्चालन हुनेछ ।

लिगको पहिलो खेलमा इरानको फुलाद सिर्जन इरानियन र भारतको तेलुगु ब्ल्याक हक्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल किट विश्वविद्यालय, भुवनेश्वरमा हुनेछ । प्रतियोगितामा काजाकस्तान, इरान र भारतका गरी पाँच टोली सहभागी छन् ।

काजाकस्तानबाट जेतिसु, इरानबाट फुलाद सिर्जन इरानियन तथा भारतबाट बेङ्गलुरु टोरपिडोज, मुम्बई म्याटाडोर्स र तेलुगु ब्ल्याक हक्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका सबै खेल किट विश्वविद्यालयस्थित बिजु पटनायक इन्डोर स्टेडियममा खेलिनेछन् । लिग चरणका खेलपछि सेमिफाइनल र फाइनल खेल हुनेछ । प्रतियोगिताको पहिलो खेल काभा मिडिया युट्युब च्यानलबाट नेपालबाट पनि प्रत्यक्ष हेर्न सकिनेछ ।