चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

  • Image नेप्लेज
  • २० कार्तिक २०८३, शुक्रवार
  • 91 पटक हेरिएको
चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो।

चितवनका लागि कप्तान सिकन्दर राजाले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ३७ रन बनाए। उनले मात्र १६ बलमा २ चौका र ४ छक्का प्रहार गरे।

त्यस्तै रवि बोपाराले ३५, अर्जुन साउदले ३१ तथा डेभिड मलानले २८ रन बनाए। कुशल मल्लले १३ बलमा ११ रन जोडे।

पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले समान २ विकेट लिए।