सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

  • Image नेप्लेज
  • २० कार्तिक २०८३, शुक्रवार
  • 97 पटक हेरिएको
सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १७६ रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो। अब कर्णालीले जितका लागि १७७ रन बनाउनुपर्नेछ।

सुदूरपश्चिमका लागि साइफ जैबले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। विनोद भण्डारीले २२ बलमा २७, ब्रेन्डन म्याकमुलनले १६ बलमा २४ तथा ईशान पाण्डेले १३ बलमा २३ रन जोडे।

त्यस्तै, थारिन्दु रत्नायकेले अविजित २२ र स्कट कुगेलाइनले अविजित १३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १० तथा आरिफ शेखले ११ रन बनाए।

कर्णालीका मार्क वाटले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। नन्दन यादव, हुसैन तलात र सूर्य तामाङले समान १ विकेट हात पारे। सोमपाल कामीले ३ ओभरमा ४४ रन खर्चिए पनि विकेट लिन सकेनन्।