यू-१९ एशिया कप : नेपालले दियाे भारतलाई १२९ रनकाे लक्ष्य

  • Image नेप्लेज
  • २० कार्तिक २०८३, शुक्रवार
  • 63 पटक हेरिएको
यू-१९ एशिया कप : नेपालले दियाे भारतलाई १२९ रनकाे लक्ष्य

काठमाडौं । १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले आफ्नाे पहिलाे खेलमा भारतलाई १२९ रनकाे लक्ष्य दिएकाे छ ।

ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ४३ ओभर ३ बलमा १२८ रन बनाउँदा सबै विकेट गुमायाे ।

नेपालका दर्श साेनारले सबैभन्दा धेरै ४३ रन बनाए । भारतका ईशान सूद र अर्जुन रातपुतले ३–३ विकेट लिए ।

प्रतियाेगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स रहेका छन् ।

यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, मलेशिया र श्रीलङ्का रहेका छन् । १९ वर्षमुनिको एशिया कप यही कात्तिक २८ गतेसम्म चल्नेछ ।