एक दिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा

  • Image नेप्लेज
  • २२ आश्विन २०८३, बिहिवार
  • 67 पटक हेरिएको
एक दिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा

आइसिसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा छ । पुरुष एकदिवसीय वरीयतामा नेपाल एक स्थान उक्लिँदै १६औं स्थानमा छ ।

 

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार सार्वजनिक गरेको विविरणअनुसार नेपालले ३३ खेलमा ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ । २४ खेलबाट नामिबियाले ६७६ अंक जोडेको छ। दुवै टोलीको समान २८ रेटिङ छ।

 

नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ । सूचीमा अन्य टोली यथावत् छन्। यसअघि नेपाल टी २० विश्व वरीयतामा १३औं स्थानमा उक्लिएको थियो ।