काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५–५ ओभरको खेल हुने भएको छ ।
वर्षाले प्रभावित खेलमा त्रिवि क्रिकेट मैदानमा ग्राउन्ड स्टाफको निकै कठिन परिश्रमपछि ५–५ ओभरको खेल हुने भएको हो ।
भर्खरै मैदानको निरीक्षणपश्चात अम्पायरहरूले ५–५ ओभर खेल हुने निर्णय लिएका छन् ।