एनपीएलमा आज दुई खेल हुँदै

  • Image नेप्लेज
  • १९ कार्तिक २०८३, बिहिवार
  • 75 पटक हेरिएको
एनपीएलमा आज दुई खेल हुँदै

हाइलाइट्स

dfd

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

आज अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् । जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहदै शिर्ष स्थानमा रहेको छ । तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेर शिर्ष स्थानमा छ । त्यस्तै चार खेलमा २ जित र २ हारसहित जनकपुर बोल्ट्स ४ अंक हासिल गर्दै चौथो स्थानमा रहेका छन् ।

त्यस्तै आज साँझ हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज आमने सामने हुँदैछन् । जारी प्रतियोगितामा विराटनगर किंग्सले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले २ खेलमा एक जित र एक हार बेहोरेको छ र सातौं स्थानमा रहेको छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ