पोखरामाथि लुम्बिनी लायन्सको ८ विकेटकाे सहज जित

  • Image नेप्लेज
  • १७ कार्तिक २०८३, मङ्गलवार
  • 76 पटक हेरिएको
पोखरामाथि लुम्बिनी लायन्सको ८ विकेटकाे सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ ।

पोखरा एभेन्जर्सले दिएको ९८ रनको लक्ष्य पछाएको लुम्बिनीले १२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अविजित ४७ रन बनाएका थिए भने निरोशन डिकवेलाले अविजित २७ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो । पोखराका लागि चमिका करुनारत्नेले सर्बाधिक २५ रन बनाएको छ भने कप्तान कुशल भुर्तेलले १४ रन बनाए । त्यस्तै मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए ।

त्यस्तै लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए भने तिलक रानाभाटले २ विकेट लिएका थिए । त्यस्तै शेर मल्ल, अभिशेष गौतम र रोहित पौडेलले एक एक विकेट लिएका छन् । तेस्रो खेल खेलेको लुम्बिनीको यो दोस्रो जित हो । एक खेल चितवनसँग बर्षाले रद्ध हुदा अंक बाँडेको लुम्बिनीको ३ खेलमा ५ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै पोखरा एभेन्जर्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ