पोखरामा प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस सुरु, पहिलो दिन २१ खेल सम्पन्न

  • Image नेप्लेज
  • १८ कार्तिक २०८३, बुधवार
  • 59 पटक हेरिएको
पोखरामा प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस सुरु, पहिलो दिन २१ खेल सम्पन्न

पोखरा । पोखरामा प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता २०२६ सुरु भएको छ । गण्डकी प्रदेश टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहकार्य एवं कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा बुधबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन २१ खेल सम्पन्न भएका छन् ।

प्रतियोगिताको पहिलो दिन ब्वाइज यू-१८ सिंगल्सतर्फ असभ सम्राट हाडाले विजयी सुरुवात गरेका छन् । उनले अभिषेक विकलाई ६-०, ६-१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा सन्दीप विकले संगम आले मगरलाई ६-०, ६-० तथा सुरेन्द्र विकले दर्शन अधिकारीलाई ६-०, ६-३ ले हराए ।

ब्वाइज यू-१४ सिंगल्सतर्फ निधय विक्रम रानाले माकर्ब पोखरेललाई ६-०, ६-० ले पराजित गर्दा सौरभ भट्टचनले जोनिल साईलाई ६-२, ६-० र इभान भट्टराईले आदित्य पुन मगरलाई ६-२, ६-४ ले हराए ।

यू-१६ ब्वाइज सिंगल्समा दर्शन अधिकारीले आयुष माझीलाई ६-०, ६-० ले पराजित गरे । यू-१२ ब्वाइज सिंगल्सतर्फ आरोग्य राईले हेमन्त पुन मगरलाई ६-०, ६-०, आदित्य पुन मगरले जोनिल साईलाई ६-०, ६-३ तथा निधय विक्रम रानाले सौरभ विक्रम रानालाई ६-०, ६-२ ले हराए ।

यू-१० ब्वाइज सिंगल्समा सोनाम घलेले रिजन रानालाई ६-०, ६-१ र आयान पन्तले दिप्सन पुन मगरलाई ६-२, ६-० ले पराजित गरे ।

गल्र्सतर्फ यू-१० र यू-१२ दुवै उमेर समूहमा साहारा कायस्थ विजयी भइन् । उनले यू-१० मा सेजल पुन मगरलाई ६-१, ६-० तथा यू-१२ मा अनन्या गुरुङलाई ६-०, ६-० को सोझो सेटमा पराजित गरिन् ।

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगिता संयोजक लोकबहादुर गुरुङ, संघका महासचिव नवीन चालिसेलगायतले प्रतियोगिताले जुनियर खेलाडीको क्षमता विकास र नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

कात्तिक २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न उमेर समूहका ४३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई ट्रयाङ्कुलिटी स्पाले मुख्य प्रायोजन गरेको छ भने कर्माचार्य बिस्कुट, सुजल फुड्स प्रालि र सोल्टी मिनरल वाटरले सहकार्य गरेका छन् । ट्रयाङ्कुलिटी स्पा देशकै ठूलो स्पा चेन समेत हो ।